काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकका लागि ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउने तयारी गरेको छ ।
मन्त्रालयले ९ जनाको व्यवसायिक योजना र अन्तरवार्ताबाट उत्कृष्ट ३ जना छनोट गरी मन्त्रिपरिषद पठाउने तयारी गरेको हो ।
प्रबन्ध निर्देशकका लागि पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, डा. बिमल आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला, डिल्लीराम अधिकारी, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्यय र संगिता पहाडी (आचार्य) गरी ११ जनाले निवेदन दिएका थिए ।
अहिले समितिले प्रतिस्पर्धीको अध्ययन गरिरहेको छ । आवेदकको योजना, शैक्षिक योग्यता, व्यवसायिक अनुभवलाई आधार मानेर ३ उत्कृष्ट व्यक्तिको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिस भएका तीन जनामध्ये एकलाई मन्त्रीपरिषदले प्रबन्ध निर्देशकको रुपमा नियुक्त गर्नेछ ।
FACEBOOK COMMENTS