अन्जनराज न्यौपाने
तनहुँ २८ फाल्गुण -जिल्लाको बन्दिपुर गाउपालिका- ५ कोरिका स्थित भित्री सडकखण्डमा बाउनभञ्जयाङबाट कोरिका भन्ने स्थान तर्फ जादै गरेको ग १ त ४८०८ नं। को ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट १ सय ५० मिटर तल बारीमा खस्न जादा ट्याक्टर चालकको घटना स्थलमै मृत्यु भएको छ।
मृत्यु हुने चालकमा जिल्ला गोर्खा पालुङटार ७ च्याङली बस्ने बर्ष २१ का प्रेम कुमाल रहेका छन्।
सोही ट्याक्टरमा सवार सहचालक जिल्ला तनहुँ बन्दिपुर गाँउपालिका- ४ नयाँपुल बस्ने बर्ष २३ को राजकुमार परियार ट्याक्टरबाट १ सय ५० मिटर तल बारीमा ट्याक्टर सहित खस्नगई गम्भीर घाइते भएका उनलाई उपचारका लागि लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।