![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध गरिरहेका ट्याङ्कर चालकविरुद्ध सरकार कडा रूपमा प्रस्तुत भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले फौजदारी संहितामा असहमति जनाउँदै ढुवानी ठप्प पारेका ट्याङ्करको साँचो थुतेर चलाउन थालेको हो ।
गत बुधवारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकर आन्दोलनमा उत्रेका चालकहरूसँग मन्त्रालयले पटक–पटक वार्ता गरेको थियो । सहमति नजुटेपछि चालकहरूले ढुवानी सुचारु गरेनन् ।
सरकारले दिएको चेतावनी समेत अटेरी गरेपछि शुक्रवार बिहानदेखि मन्त्रालयले चाबी थुत्न शुरू गरेको आपूर्तिमन्त्री मातृका यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए ।
उनका अनुसार मन्त्रालयले अमलेखगञ्ज र भैरहवामा गरी ३० वटाभन्दा बढी ट्याङ्कर नियन्त्रणमा लिई चलाउन शुरू गरिसकेको छ ।
नेपाल प्रहरी र नेपाल आर्मीमा तालिमप्राप्त चालकहरूलाई लिएर मन्त्रालयले पेट्रोलियम पदार्थ ढुवानी गर्न शुरू गरेको छ ।
FACEBOOK COMMENTS