काठमाडौं, पुस २४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० जनवरी भन्दा पहिल्यै राष्ट्रपतिबाट हटाउन माग गरिएको छ । अमेरिकामा बुधवार भएको हिंसापछि उनलाई प्रेसिडेन्ट इलेक्ट जो बाइडेनको शपथ ग्रहणको दिन (२० जनवरी) भन्दा पहिल्यै राष्ट्रपतिबाट हटाउन माग गरिएको हो ।
औपचारिक रुपमा ट्रम्पको कार्यकाल २० जनवरसिम्म रहने भएपनि उनलाई हिंसा भड्काएको भन्दै यस भन्दा अगाडि नै राष्ट्रपतिबाट हटाउन माग गरिएको बताइएको छ ।
अमेरिकामा ३ नोभेम्बरमा भोटिङ भएको थियो । जसमा बाइडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल भोट पाएका थिए ।
बुधवार संसद भवनभित्र पसेर ट्रम्प समर्थकले प्रदर्शन गर्दा एक महिलासहित ४ जनाको निधन भएको थियो ।
FACEBOOK COMMENTS