काठमाडौं, पुस १८ – ट्राफिक प्रहरीलाई घुस खुवाउन खोज्ने एक चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ना ६ ख ३०४० नम्बरको ट्रकका चालक बारा निजगढका भीमबहादुर विक छन्।
गएराति ११ बजे थानकोटस्थित हिमाल पेट्रोल पम्पनजिक ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान भानुभक्त ढकालले विकलाई मापसे कारबाही गर्न खोज्दा विकले ५ सय रुपैयाँ घुस दिन खोजेका थिए।
उनलाई पक्राउ गरी कारबाही गरी महानगरीय प्रहरी वृत्त थानकोटमा बुझाइएको प्रहरीले जनाएको छ।
FACEBOOK COMMENTS