काठमाण्डौँ — ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपालले ट्रेकिङ गाइडको पारिश्रमिक बढाएको छ।
टानका महासचिव आङपेम्बा शेर्पाले हालको पारिश्रमिकमा २० प्रतिशत बढाइएको जानकारी दिए।
शेर्पाका अनुसार ट्रेकिङरुट अनुसार गाइडले फरक–फरक पारिश्रमिक पाउँछन्।
सोही पारिश्रमिकमा २० प्रतिशत बढाइएको हो।
टानले असिस्टेन्ट गाइड, पोर्टर तथा सहयोगीको समेत २० प्रतिशतले पारिश्रमिक बढाएको जनाएको छ।

सोही अनुसार पारिश्रमिक बढाएर कार्यान्वयन गर्न सरोकारवाला सबैलाई सूचना जारी गरिएको टानले जनाएको छ।

— नागरीक