काठमाडौँ, श्रावण १७ — कोरोना संक्रमणको स्थिति दिनानुदिन भयावह बन्दै छ, तर साउन लागेयताका गतिविधिलाई मात्र नियाल्दा पनि हामीले राष्ट्रका अगुवाहरू प्रधानमन्त्री, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, मुख्यमन्त्री, मन्त्री, सांसद, सेना र प्रहरीका उच्च अधिकारी, सरकारी निकायका उच्च तहका व्यक्तिले समूहमा रहँदासमेत मास्क नै नलगाएको पायौं ।
र, लगाउँदा पनि सही तरिकाले नलगाउने, चिउँडोमा अड्काउने, बोल्दा खोल्ने जस्ता विश्व स्वास्थ्य संगठनले समेत ‘गर्न नहुने’ भनेकै कुरा गरेको पायौं ।
सरकारले शुक्रबार मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्ने करिब हजार सर्वसाधारणलाई सय रुपैयाँ जरिवानासहित दण्डित गरेको छ । असार २२ यता मास्क नलगाई हिँड्ने करिब १० हजार जना कारबाहीमा परिसकेका छन् । तर यही अवधिमा उच्च ओहदामा बसेकाहरू भने मास्क नलगाई निर्बाध रूपमा विभिन्न सार्वजनिक कार्यक्रममा समेत सहभागी हुँदै आएका छन् । संक्रामक रोग ऐन २०२० को दफा ३ को प्रावधान उल्लंघन गरेको आरोपमा सर्वसाधारण दण्डित भइरहँदा प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, सचिव र सुरक्षा निकायका अधिकारीलाई भने ऐनको यो प्रावधानले असर पारेको छैन ।
कोरोना संक्रमणको जोखिम कायम रहे पनि अति संवेदनशील र सार्वजनिक स्थलमा मास्क नलगाई हिँडेको कसुरमा सर्वसाधारणलाई प्रहरीले सय रुपैयाँ जरिवाना गराएर छाड्ने गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारसम्म १० हजार जनालाई जरिवाना गरिएको छ ।
महानगरीय प्रहरी प्रधान कार्यालयकी एसएसपी किरण बज्राचार्यका अनुसार शुक्रबार एकै दिन उपत्यकाका तीन जिल्लाबाट १ सय २५ जनासहित देशभर करिब एक हजार जनालाई जरिवाना गराइएको हो । पछिल्लो एक महिनामा जरिवाना र सम्झाइबुझाइ गरेर १४ हजार ४ सय २१ जनालाई कारबाहीको दायरामा ल्याइएको उनले बताइन् ।
गृह मन्त्रालयले मास्क लगाएर मात्र सार्वजनिक स्थलमा हिँडडुल गर्ने गरी व्यवस्था मिलाउन असार पहिलो साता नै प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार सम्झाइबुझाइ गर्दासमेत मास्क प्रयोगमा अटेर गरेपछि जरिवाना लिएर दण्डित गर्नुपरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल (बीच) साउन १६ गते रक्षा मन्त्रालयमा आयोजित कार्यसम्पादन सम्झौतापत्र आदानप्रदान कार्यक्रममा
‘अटेर गर्ने क्रम बढ्दै गए संक्रामक रोग ऐन २०२० मा कैदसमेत गर्न सक्ने प्रावधान छ,’ उनले भने । पछिल्लो एक महिनामा प्रहरीले लकडाउन उल्लंघन गर्ने २ लाखभन्दा बढीलाई नियन्त्रणमा लिएकामा १ लाख ९० हजार जनाभन्दा बढीलाई सम्झाइबुझाइ छाडेको र बाँकीलाई जरिवाना गराएको छ ।
गृहमन्त्री रामबहादुर थापा साउन ११ गते गृह मन्त्रालयमा विभिन्न प्रदेशका आन्तरिक मामिलामन्त्रीहरूसँग छलफल गर्दै
खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा (बीच) साउन १४ गते सिंहदरबारमा राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव रमेशकुमार सिलवाललाई शपथ गराउँदै
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ साउन ११ गते पोखरामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका प्रमुख सचिव हरिप्रसाद बस्याललाई बिदाइ गर्दै तस्बिर : रासस
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र विभिन्न प्रतिष्ठानका कुलपतिहरू साउन ११ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित छलफलमा
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS