![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – अमेरिकी डलरसंग नेपाली रुपैयाँ मंहगिएर नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार १ डलर बराबर ११० रुपैयाँ ७८ पैसा बिक्री मूल्य तोकेको छ । गत वैशाख यता अमेरिकी डलर निरन्तर मजवुत र नेपाली मुद्रा कमजोर हुदै गएको छ ।
भारतमा १ डलर बराबर ७० भारु नजिक पुगेपछि यसको असर नेपाली बजारमा परेको हो । भारतीय रिजर्व बैंकले शुक्रबारका लागि १ डलर बराबर ६९ रुपैयाँ १२ पैसा भारु तोकेको छ ।
अमेरिकाको अर्थतन्त्र मजवुत र भारतको कमजोर भएपछि यसको असर नेपालमा परेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको असर बजार मूल्यमा पर्ने गर्छ ।
FACEBOOK COMMENTS