काठमाडौँ । फिल्म रिलिजका लागि दशैंको विदा उपयुक्त मानिन्छ । तर, यो बर्षको दशैंले प्रदर्शकहरुको अनुहारमा खुशी दिन सकेन ।
दशैंको लामो बिदामा, नेपाली होस् वा विदेशी चलचित्र जुन चलेपनि हलहरुमा ठूलै चहलपहल हुने गरेकोमा कोरोना भाइरसका कारण एकादेशको कथा जस्तो भएको छ ।
कोरोना महामारीको दोश्रो लहरपछि बिस्तारै चल्न थालेका फिल्म हलहरुमा दशैमा चहलपहल बढ्ने आश गरिएता पनि त्यो आश कल्पनामा मात्र सिमित रहेयो । तेसैले होला यो बर्षको दशैंमा महंगो लगानीमा बनेका कुनै पनि चलचित्रका निर्माताले रिलिजको हिम्मत गरेनन् । तर, शोभित बस्नेत द्वारा निर्देशित ‘डाँडाको वर पीपल’ असोज २६ गतेदेखि रिलिज भयो ।
यस दशैमा ‘डाँडाको वर पीपल’ चलचित्र हेर्न हलसम्म पुग्ने इच्छा दर्शकले गरेनन् । यस चलचित्रको प्रचारप्रसार को समयमा आएको ‘महानायक’ विवाद, ट्रेलरले दर्शकलाई आकर्षण गर्ने नसकेको , गीतसंगीत लोकप्रिय नहुनु,निर्माण पक्ष फिल्मको प्रचारप्रसारमा भन्दा महानायक को बिषयमा अल्झिनु तथा कोरोना भाइरसका कारण जनमानसमा फिल्म हलमा भीडभाड हुने भएकाले कतै कोरोना सर्ने होकी भन्ने डरको स्थिति भएकोले चलचित्र असफल भएको भन्ने अनुमान रहेको छ ।
हुनत ‘डाँडाको वर पीपल’को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा शोभित बस्नेतले आफ्नो ‘गल्ती’ स्वीकार गर्दै आफूबाट गल्ती भएको भन्दै ‘महानायक’ राजेश हमाल नै भएको आफ्नो ‘गल्ती’ स्वीकार गर्दै शोभितले माफी नै मागेका थिए ।
आफूले झिकेको ‘महानायक’ विवाद आफैंमाथि प्रहार गरेको खड्गजस्तो हुनुले बस्नेतलाई यो विषयले फिल्मलाई भन्दा आफैलाई चिनाएको जस्तो देखिन्छ ।
FACEBOOK COMMENTS