![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौ साउन १०
१५ औं अनसनको २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता सात बुँदे सहमति गरेर टुंगिएको हो ।
सहमतिको मस्यौदालाई औपचारिकता दिनेकाम भइरहेको सरकारी वार्ता टोलीका सदस्यले बताएका छन् ।
मंगलबार सकारात्मक भएको भनिएको वार्ता बुधबार भाँडिएको थियो ।
प्रधानमन्त्री केपी शर्म ओलीको पहलमा बुधबार रातभरको छलफलपछि बिहीबार सात बुँदे सहमति तयार भएको हो ।
आजै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा केदार भक्तमाथेमा लगाएत संग छलफल गरेका थिए ।
सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने वार्ता प्रक्रियामा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् ।
FACEBOOK COMMENTS