काठमाडौँ, अशोज ६- चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसी अनसनरत अवस्थामा आज काठमाडौँ आउँदै छन् ।
मेडिकल शिक्षाका विभिन्न माग राख्दै नौ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी मंगलबार काठमाडौँ आउन लागेका हुन् । डा केसी काठमाडौँ आउनका लागि सोमबार नै नेपालगञ्जको भेरी अस्पतालमा आइपुगेका थिए ।
डाक्टर केसीका सहयोगी हिमालयन कार्कीका अनुसार उनी ११:२५ को फ्लाइटबाट काठमाडौँ आउँदैछन् ।
“हामीले भेरी अस्पताल बाट एयरपोर्ट तर्फ जाँदैछौं, डा केसीको काठमाडौ आउने फ्लाइट ११:२५ को छ । त्यसैले हामी एयरपोर्टमा जादैँ छौ,” कार्कीले बताए ।
डा केसी काठमाडौँ लागि पनि सत्याग्रहलाई भने निरन्तरता दिने बताएका छन् । डा केसीले आफ्ना मागहरु पूरा गर्न सरकारले कुनै प्रयास वा पहल नगरेको गुनासो गरेका छन् । उनले आफूलाई अपहरण शैलीमा हामीलाई सत्याग्रह स्थलबाट जबर्जस्ती अस्पतालमा सारिएको समेत बताएका छन् ।
९ दिनदेखि जुम्लाबाट १९ औं अनशन बसेका डाक्टर केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई जुम्लामै हुँदा आईसीयुमा राखेको थियो ।
डाक्टर केसीको स्वास्थ्यमा समस्याआउन थाली सके पनि सरकारले भने वार्ताको लागि कुनै पहल नगरेको भन्दै डा केसीको समर्थनमा विभिन्न ठाउँमा आन्दोलनहरु समेत हुन थालेको छ ।
डाक्टर केसीका समर्थकहरुले डा केसीको जीवनरक्षाको माग गर्दै आज साँझ ५ बजे माइतीघर मण्डलामा सयजना जम्मा भएर सय मिनेट अनशन बस्ने घोषणा समेत गरिसकेका छन् ।
केसीले हिजो एक विज्ञप्तिमार्फत जुम्लावासीहरुलाई अनसनमा साथ दिएकोमा धन्यवाद दिँएका थिए ।
FACEBOOK COMMENTS