![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – जापानी कार निर्माता कम्पनी होन्डाले सीआरभी भारतीय बजारमा भित्र्याउने भएको छ ।
कम्पनीले अक्टोम्बर महिनामा नौ स्पिड स्वचालित गियरबक्स भएको कार सार्वजनिक गर्ने तयारी गरेको हो ।
नयाँ सीआरभी आफ्नो पुरानो मोडलभन्दा ठूलो र चौडाई छ ।
कम्पनीले ठूलो परिवार भएका व्यक्तिलाई लक्षित गरि कार उत्पादन गरेको हो ।
कार सात सिट क्षमातको छ । कार डिजल र पेट्रोल दुवै इन्जिमा उपलब्ध हुनेछ । सीआरभीको यो भारतीय बजारमा पहिलो डिजल इन्जिनको कार हो ।
चार सिलिन्डर भएको कारमा १.६ लिटर डिजल इन्जिन छ । इन्जिनले १२० बीएचपीको शक्तिमा ३०० एनएम र्टक उत्पादन गर्छ । कारको २.० लिटर पेट्रोल इन्जिनले १५४ बीएचपीको शक्तिमा १९२ एनएम टर्क उत्कर्षण गर्छ ।
डिजल इन्जिन अल–व्हील–ड्राइभ विकल्पमा छ भने पेट्रोल इन्जिन र्फन्ट व्हील–ड्राइभमा छ । कारको मूल्य ३० लाख भारु हुने बताइएको छ ।
FACEBOOK COMMENTS