काठमाडौं, पुस २१- नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले बैंक खातामा आधारित डिजिटल कारोबारलाई कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत प्रवर्द्धन गर्न चार बैंकहरुसँग संयुक्त रुपमा अभियान शुरु गरेको छ ।एनसीएचएलले हाल लक्ष्मी बैंक, सिटिजन बैंक, नबिल बैंक र नेपाल बैंकसँग संयुक्त रुपमा प्रबर्धन अभियान थालिएको हो ।
बैंकका ग्राहकहरुले आफ्नो बैंक खातालाई कनेक्ट आईपीएसमा लिंक र भेरिफाई गरेपछि प्रबर्धन अवधि भित्र सम्बन्धित बैंकले उनीहरुको खातामा १ सय रुपैयाँ जम्मा गरिदिनेछ । १ सय रुपैयाँ बराबरको इन्सेन्टिभ हाल लक्ष्मी बैंक, सिटिजन बैंक, नबिल बैंक र नेपाल बैंकका ग्राहकहरुका लागि उपलब्ध रहेको एनसीएचएलले जनाएको छ । बैंकले आफ्ना शाखाहरुबाट युजर आइडी बनाउन र बैंक खाता लिंक गर्न ग्राहकहरुलाई सहयोग गर्नेछन् ।
ग्राहकहरुले कनेक्ट आईसीएसको मोबाइल एप वा बैंकको आफ्नै मोबाइल बैंकिग प्रयोग गरेर सिधैं आफ्नो बैंक खाताबाट भुक्तानी कारोबार गर्न सकिने एनसीएचएलले जनाएको छ । कनेक्ट आईपीएस इपेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटर्फम हो । जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर ९गेटवे०, क्रेडिट कार्डरबिलभुक्तानी सुविधा उपलब्ध रहेका छन् ।
यो प्ल्याटर्फममा सदस्य बैंकहरुको अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धीभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल तथा कलेज, इन्स्युरेन्स भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।
FACEBOOK COMMENTS