काठमाडौं, चैत १७ – सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान “ग्लोबल मनी विक”मा विविध वित्तिय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । बैंकले “ग्लोबल मनी विक”को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना मनाएको थियो ।
यस अन्तर्गत बैंकले प्रदेश नं १ को विराटनगरस्थित अर्किड कलेजमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको सुरुवातसँगैं प्रदेश नं २ को जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीहरुमा क्यूआर कोड मार्फत भुक्तानीको सुरु गरेकाे छ ।
यस्तै बैंकले वाग्मती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम, हेटौंडाका टेम्पुहरुमा क्यूआर मार्फत भाडा भुक्तानी, गण्डकी प्रदेशको बेगनास ताल डुंगा व्यवसायी संघमा वित्तिय साक्षरता कार्यक्रम, लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम, कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम र सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गराएको थियो ।
यस बाहेक बैंकले विद्युतिय कारोबारका सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइल एप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंङ्ग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)का बारेमा श्रब्य दृश्य सामाग्री तयार गरी आफ्नो सामाजिक संजालमार्फत प्रशारण पनि गरेको थियो ।
















