मदन तिमल्सेना /तनहुँ, २ साउन -डिभिजन वन कार्यालय तनहुले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको छ । डिभिजन वन कार्यालय तनहुँको कार्यालय दमाैलीमा कार्यालय प्रमुख केदार बरालले उक्त प्रतिवेदन प्रस्तुत गरेका थिए ।सो अवसरमा उनले वर्ष भरिमा गरिएका कार्यक्रमहरुको फेरिस्त बताए । पत्रकार सम्मेलन माझ बढि फलफूलको बिरुवा वितरण गर्ने नेपालका दुई जिल्ला मध्ये एक जिल्ला तनहुँ रहेको बताए ।साथै उनले मानव वन्यजन्तु दन्द्व व्यवस्थापन, बिध्धुतिय चार्जि स्टेसन निर्माण, ८ लाख ८८ हजार बिरुवा उत्पादन , वृक्षरोपण तथा बोटविरुवा वितरण,कृषि वनको मोडल तयारी , फलफूल वनको मोडल तयारी, बन्यजन्तु संरक्षणको लागि पानीका मुल , घासेमैदानको अवश्यकता अध्ययन कार्य योजना तयारी र कार्यन्वयन बारे प्रकाश पारे ।
तनहुँ जिल्लाबाट बाहिरी जिल्लामा ३४ हजार बिरुवा निर्यात गरिएको र तनहुँ जिल्लालाई बिरुवा हवको रुपमा परिचित गराईएको पनि उनले उल्लेख गरे । अघिल्ला बर्षहरुको तुलनामा कोरोना महामारी, कर्मचारीहरुको अवकाश , सालको काठमा बन्दाबन्दी र कानुनी जटिलता हुदा हुदै पनि वन कार्यालयबाट उल्लेख्य कार्यहरु भएका हुनाले यो आर्थिक बर्षमा डिभिजन वन कार्यक्रम तनहुँको इतिहासमा स्वर्ण बर्ष रहेको उनले बताए । उक्त अवसरमा सहायक वन अधिकृत बाबुराम उप्रेती लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS