काठमाडौं, कार्तिक १८ – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न समिति गठन भएको छ । राष्ट्र बैंक सञ्चालक समितिको सोमबार बिहान बसेको वैठकले समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।
समितिका सदस्यहरुमा सञ्चालक समितिका सदस्यहरु रामजी रेग्मी र सुबोध कुमार कर्ण रहेका छन् ।छानबिन समितिले एक महिनाको समयसीमा पाएको छ । समितिले एक महिना भित्र उनी माथि लागेको आरोपको छानविन गरी बोर्डमा प्रतिवेदन पेश गर्नु पर्ने छ ।
छानविन समिति गठन भएपछि अब श्रेष्ठ निलम्बनमा पर्नेछन् । वित्तीय स्थायित्व कायम राख्ने नीति विपरित काम गरेको, बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणमा देखिएका कमी कमजारी ढाकछोप गरेको, एनसेलको लाभांस बाहिर पठाउन तथा व्यापारी अजयराज सुमार्गीको बैंकमा रोकिएको पैसा फुकाउन सहयोग गरेको, सम्पत्ति शुद्धिकरण विपरित काममा सघाएको लगायत आरोप उनीमाथी लागेको छ ।
उनी दोषी देखिएमा उनलाई स्पष्टीकरण सोध्ने र स्पष्टीकरण चित्त नबुझे बर्खास्त गर्न समेत सकिने प्रावधान छ ।श्रेष्ठले आफू माथी लगाइएका सबै आरोप गतल भएको दाबी गरेका छन् । नयाँ गभर्नरको डैडधुप चलिरहेकाले आफूलाई पछि पार्न यस्तो आरोप लगाएको उनको भनाइ छ ।श्रेष्ठ २०७२ सालमा डेपुटी गभर्नर भएका हुन ।
FACEBOOK COMMENTS