वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्व व्यापार संगठन (डब्लुटीओ) को अमेरीका प्रतिको व्यवहार परिवर्तन नभए बाहिरिने चेतावनी दिएका छन् ।
एक अन्तर्वार्तामा ट्रम्पले डब्लुटीओले आफ्नो व्यवहार बदल्दैनन् भने अमेरिका डब्लुटीओबाट बाहिरिने बताएका हुन् ।
ट्रम्पले १९९४ मा डब्लुटीओ स्थापना गर्ने सम्झौता हालसम्म कै खराब व्यापार सम्झौता रहेको बताएका छन्। विश्वभर व्यापार सम्बन्धी नियम बनाउन र देशहरुबीच हुने विवाद समाधान गर्नका लागि डब्लुटीओलेको स्थापना भएको थियो।
ट्रम्पको यो अभिव्यक्ति पश्चात ट्रम्पको व्यापार नीति र विश्व व्यापार संगठनको खुला व्यापार नीतिबीचको द्वन्द सतहमा आएको हो।
वासिङटनले डब्लुटीओको विवाद समाधान गर्ने न्यायाधीशहरुको नियुक्तीमा पनि अवरोध खडा गर्दै आएको छ। यसका कारण विवाद समाधान गर्ने प्रणाली नै निष्क्रिय हुने खतरा रहेको बताइएको छ। एजेन्सी
FACEBOOK COMMENTS