![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – ड्राईभरहरुको हड्तालका कारण पेट्रोलियम ढुवानी ठप्प भएको छ ।
संसदमा पेश भएको ड्राइभरलाई नियमन गर्न बनेको विधेयकको विरोधमा ड्राईभरहरु उत्रिएसँगै पेट्रोलियम ढुवानी ठप्प भएको हो ।
ट्याङर चालकले बिभिन्न माग राख्दै गत मंगलबार देखी ढुवानी ठप्प पार्दै आएका छन ।
ट्याङकरले ढुवानी ठप्प पारे पछि निगमले ट्याङर चालकलाई एक सुचना जारी गर्दै तत्काल ट्याङकर संचालनमा ल्याउन र यदी ट्याङकर संचालनमा नल्याए सम्झौता खारेज गर्ने निगमले जानकारी दिएको छ ।
ड्राइभरको हड्तालसँगै देशमा पेट्रोलियम पदार्थको अभाव हुने देखिएको छ ।
FACEBOOK COMMENTS