![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं– बैंकरहरुले तत्काल कर्जाको व्याजदर घटाउन नसकिने बताएका छन् ।
नेपाल राष्ट्र बैंकले कर्जाको व्याजदर घटाउन निर्देशन दिए पनि बैंकर्स संघले तत्काल त्यसो गर्न नसकिने जवाफ दिएको हो ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकहरुले लगानीलाई आकर्षित गर्न पनि तत्काल कर्जाको ब्याजदर घटाउन नमिल्ने उल्लेख गरे । अध्यक्ष ढुंगानाले उनले असोजबाट भने कर्जाको व्याजदर घटाउन सकिने बताए ।
अध्यक्ष ढुंगानाले देशका विभिन्न भागमा शाखा कार्यालयहरु स्थापना गर्दा बैंकको आन्तरिक खर्च ८० प्रतिशतसम्म वृद्धि भएकाले पनि कर्जाको व्याजदर तत्काल घटाउन सकिने अवस्था नरहेको जानकारी दिए ।
FACEBOOK COMMENTS