अन्जनराज न्यौपाने तनहुँ,५ श्रावण- अविरल बर्षाका कारण जिल्लाको भानुनगरपालिका स्थित सिमल गैरा भन्ने स्थानमा एकै ठाँउका २ वटा घर पहिरोले पुरिएका छन । आज परेको भारि बर्षाका कारण आज दिउसो२: ३० बजेको समयमा उक्त दुई घर पहिरोले पुरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए ।
उक्त दुई घरमा पुरिएकाको उद्दारका लागि नेपाली सेना,नेपाल प्रहरी ,स्थानीय र सशस्त्र प्रहरीबल मनकामना गण भानुबाट विशेष मानव उद्दारको एक टोलि घटना स्थल तर्फ पुगेको छ। अविरल एवम् भारि बर्षाका कारण पुरिएका दुई घरका मानिसहरूलाई उद्दार गर्न कठिन भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिएका छन ।
FACEBOOK COMMENTS