मदन तिमल्सेना/तनहुँ , बैशाख ११ – तनहुको भानु नगरपालिका वडा नं. ६ नाबरुगं थापरपानी खोल्सामा बिहिवार एक युवकको शव फेला परेको छ । उक्त शव भानु नगरपालिका वडा नं. १ भंसार निवासी १९ बर्षिय पविन गुरुगंको रहेको इृलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ । बैशाषको ९ गते गाँउकै युवाहरु बिच भडप भएको र त्यस पश्चात परिवारको सम्पर्कमा नआएका गुरुगंको खोजी गर्ने क्रममा बिहिवार शव फेला परेको हो । घटनामा संलग्न भएको आशंकामा १ दर्जन युवाहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS