अन्जनराज न्यौपाने
तनहुँ,चैत १२- तनहुँमा लकडाउनको अवज्ञा गर्दै सवारीसाधन चलाउनेलाई प्रहरीले कारबाही गरेको छ। सदरमुकाम दमौलीमा लकडाउनको अवज्ञा गर्ने लामो दुरीका १ सय बडी सवारीसाधनलाई नियन्त्रणमा लिएको बताईएको छ।
जिल्लाको प्रवेशद्वार मानिने आँबुखैरेनी भएर आवतजावतगर्ने ट्रक(वटा,जिप, मोटरसाइकल, जीप,कार, ट्याक्सीहरु वेजिल्ला प्रवेश गर्दा जिल्ला प्रशासन कार्यालयद्वारा जिल्ला पास प्रदान गरिने ब्यबस्था मिलाईएको छ भने विभिन्न संचार माध्यामका प्रमुख एब्म् प्रतिनिधिहरुलाई उनीहरुको प्रेस पासबाट नै प्रवेश गर्न दिईने भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए।
जिल्लाका प्रमुख नाकाहरु आँबुखैरेनी,पुर्कोट,डुम्रे,दमौली,थर्पु,भिमाद,बेलचौतारा ईलाका ट्राफिकप्रहरी चेकपोस्ट भै खाध्यान्न बोकी सवार ट्रक, मट्टीतेलको र पेट्रोल ट्याङकर,ऐम्बुलेन्स,अत्यावश्यक सवारीसाधनलाई सवारी पास भएकाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पुर्णबहादुर अधिकारीले जानकारी दिए।
लक डाउनलाई मध्यनजर गरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीले बताए । जिल्ला प्रशासन कार्यालय तनहुँले अत्यावश्यक सवारी साधानहरुलाई चलाउन छुट दिएको छ भने सर्वसाधारणहरुलाई आवश्यक परेको अवस्थामा सवारी सवारीसाधान सञ्चालनका लागि पासको समेत व्यवस्था गरेको छ।
जिल्लाका बजारहरू छिटफुट रुपमा खुलेका छन् भने कोरोनाको विषयमा गरिएको माईकिङलाई वेवास्थागरि अत्याधिक भिड जम्मा गरि अटेरी गरि होहल्ला गरि बस्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। उनले अत्यावश्यक काम बाहेक विनाकाममा घरवाहिर नजान अपिल समेत गरेको बताए ।
FACEBOOK COMMENTS