अन्जनराज न्यौपाने ,तनहुँ, मंसिर २८- तनहुँको रिसिङगाँउपालिका स्थित झापुटारमा जलविद्युत आयोजना निर्माणकालागि १ हजार २ सय ३० रोपनी क्षेत्रफलको जग्गा अधिग्रहण गरिएको छ भने पहुँच मार्गकालागि १५० रोपनी क्षेत्रफल जग्गा अधिकरण गरि धमाधम काम शुरु गरेको छ।
जलविद्युत आयोजनाकालागि कुल ५० करोड ५० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । १४० मेगावाट क्षमताको उक्त आयोजनाको पावर हाउसको पहिलो प्याकेज अन्तरगतको ठेक्का पाएको सीएमसी संगको ठेक्का रद्द भए सगै पुनः ठेक्काकालागि बोलपत्र आब्हान् गरिएको थियो ।
पहिलो प्याकेजको लागि १९ कम्पनीले ठेक्ककाका लागि चासो देखाएता पनि ४ वटा कम्पनीहरुले बोलपत्र पेसगरि सक्रियता देखाएको आयोजनाले जनाएको छ।
पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरू युरोपेली लगानी बैंक र एसियाली विकास बैंक एडीबीको सहुलियत पुर्ण ऋण प्रदान भएको छ । आयोजनाकालागि सिनो हाइड्रोले ठेक्का लिएको प्याकेज अन्तरगत विधुत गृह,सुरुङ निर्माण,हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति जडान गरिने भएको छ । भने विधुत गृह निर्माण आयोजना स्थलमा पहुँच सडक निर्माणको काम शुरु गरेको छ।
पहिलो प्याकेज अन्तरगत १४० मिटर अग्लो कंक्रिट बाँध २ वटा नदी फर्काउने सुरुङ,अस्थायी बाँधलगाएत भौतिक संरचना निर्माण अधि बडाईने भएको तनहुँ जलविद्युत आयोजनाका उप- प्रबन्धक विदुर अधिकारीले वताए । उनका अनुसार बाँधस्थलदेखि पावर हाउस सम्म १२ सय मिटरको लम्बाईको सुरुङ निर्माणकार्य गरिने छ।
आयोजनाको दोस्रो प्याकेजको काम दुर्त गतिमा भईरहेको छ भने ट्रर्याक खोल्ने काम शुरुगरिएको छ । सदरमुकाम दमौलीबजारबाट दक्षिण तर्फ पर्ने सेतीनदीको किनारमा बिधुतगृह निर्माणकालागि सडकदेखि सर्ज ट्याङ्क र पावर हाउस देखि आवासगृह सम्मकालागि टुव्ये मार्ग संचालनमा आईसकेको छ।
उक्त आयोजनाकालागि बाँध स्तलदेखि पावर हावस सम्म ब्राहसय मिटरको अत्धुनिक र दिर्धकालीन असरपार्नै सुविधायुक्त सुरुङ निर्माण गरिनेछ । यसकालागि सडकको दुरी २ सय किलोमिटर ५ सय मिटर रहेको छ।
करिव ९० मिटर लम्बाइ,२४ मिटर चौडाइ र ४६ मिटर उचाइमा उक्त पावर हाउसको निर्माण कार्य गरिएको छ। १४० मिटर अग्लो र २१५ मिटर क्रेस्ट लम्बाईको बाँध बन्नेछ। पहुँच मार्ग निर्माण सगै प्राविधिक कर्मचारी निवास भवन,क्यान्टिन ,श्रमिक आवास क्षेत्र समेत निर्माणको काम थालिएको छ।
आयोजनाको तेस्रो प्याकेज अन्तरगतड मालिङमा विधुतगृह र दुलेपहरोमा बाँध निर्माण गरि १२ सय मिटरको सुरुङमार्फत बिधुतगृहमा जल खसाल्ने भएको छ।
सन् २०२४ अगस्ट सम्ममा सम्पन्न गर्ने लक्षय राखेको तनहुँ जलविद्युत आयोजनाले भारत सरकारको कम्पनी केईसी निर्माण कम्पनी संग ठेक्का संझौता भैसकेको जनाएको छ।दमौली बजारबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाईन निर्माण गररिहेको छ ।यसैगरी कम्पनीले प्रसारण लाईनको सर्वेक्षण र परिक्षण पनि गरिसकेको छ।
FACEBOOK COMMENTS