अन्जनराज न्यौपाने
तनहुँ, भाद्र १८ -तनहुँ जिल्लामा कोरोना सन्चो हुनेको सङ्ख्या २ सय ११ पुगेको छ । यससँगै तनहुँमा अब सक्रिय सङ्क्रमितहरुको संख्या ७२ माक्स झरेको छ। तनहुँमा एकै दिनमा ११ जना कोरोना सङ्क्रमित सन्चो भएर घर फर्किएका हुन ।
भानु नगरपालिकाका ८ जना पुरुष र ३ जना महिला कोरोना जितेर आफ्नो घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भएका २ जना र व्यास नगरपालिकामा १ जना सङ्क्रमित रहेका छन्। जिल्लाको दक्षिण भेग शुक्लागण्डकी नगरपालिका स्थित बेल चौतराको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनकक्षमा उपचाररत विभिन्न उमेर समुहका २२, २७, ३०, ३७, ४०, ५०, ५३ र ५९ वर्षका पुरुष, ३० र ५६ वर्षीया महिला र ५ वर्षीया बालिका बुधबार नै सन्चो भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए।
यसैगरी व्यास नगरपालिकाका ९ जना,भीमाद नगरपालिकाका १ जना,आँबुखैरेनी गाउँपालिकाका २ जना सङ्क्रमितको विभिन्न आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।यस्तै ,भानु नगरपालिकामा ४०जना, शुक्लागण्डकी नगरपालिकाका ७, , म्याग्दे गाउँपालिकाका ८, देवघाट गाउँपालिकाका २ जना, बन्दीपुर गाउँपालिकाका ३ जना ,यस्तै बुधबार तनहुँमा ३- जना थप सङ्क्रमित थपिएका छन् ।
FACEBOOK COMMENTS