काठमाडौं । आम्दानी बढेको छैन, खर्च बढेको बढयै छ । हुनेखानेले जति महँगो भए पनि किनेर खान्छन । न्यून आम्दानी हुनेलाई दुई छाक तरकारी खान पनि रहर छ ।
यो भनाइ कङलकीको चोकमा बसेर सडकमै कपडा बिक्री गर्ने विष्णुमाया थापाको हो । कोरोनाले पसल नै चलेको छैन, चार जनाको परिवारलाई दालभात दुई छाक खान पनि गाह्रो भएको बताउँदै उनले भनिन्, ‘एक केजीको एक सय रुपैयाँ कमको कुनै तरकारी छैन, आम्दानी नहुनेले कसरी खानसक्नु ? तरकारी एक छाक मात्रै खान थालेको एक साता भयो पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि थापाज‚ता धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ ।
तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो चार जनाको परिवारलाई डेढ सय रुपैयाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १८० रुपैयाँ परेको अनुभव कीर्तिपुर निवासी रमिला आचार्यको छ । पहिले दुई-तीन थरी तरकारी र अचार हुने रमिलाको भान्सामा अचेल एक थरी मात्रै तरकारी पाने गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS