काठमाडौँ ,११ फागुन- बाट करिब ३२ किलोमिटर उत्तर–पूर्वमा रहेको नगरकोट दैनिक सयौं आन्तरिक र वाह्य पर्यटकको आवतजावत हुनेगर्दछ । नगरकोट भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाको एक प्रमुख पर्यटकीय स्थल हो । नगरकोट भक्तपुर र काभ्रेकोबीच भागमा अवस्थित छ ।
नगरकोट समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको नगरकोटमा गर्मी मौसममा पनि चिसो वातावरण हुन्छ ।
नगरकोटमा हरेक बिहान सूर्योदयको मनमोहक दृश्यसँगै सफा मौसम भएको बेला मनमोहक हिमशृङ्खला हेर्न सकिन्छ । जसमा विश्वको सर्वोच्च शिखर सगरमाथा हिमश्रृङ्खलादेखि धौलागिरी, कञ्चनजङ्घा, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से र मकालु लगायतका उच्च हिमश्रृङ्खलाहरुको रोमाञ्चक दृश्य हेर्न सकिन्छ ।
FACEBOOK COMMENTS