काठमाण्डौं— चीनसँग जोडिएको नाका तातोपानीमा भइरहेको कामको प्रगतिबारे दुई देशका प्रतिनिधिले अनुगमन गरेका छन् ।
नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक मनमाया पङ्गेनीको नेतृत्व तथा चीनका भन्सार विभागका उपमहानिर्देशक भाइसीको नेतृत्वमा आएको टोलीले अनुगमन गरिएको नेपालको तर्फबाट अनुगमनमा सहभागी बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पाले जानकारी दिए ।
उनका अनुसार मितेरी पुल, सुख्खा बन्दरगाह, सडकलगायत निर्माणाधीन पूर्वाधारको स्थलगत अनुगमन पछि दुवै देशका प्रतिनिधि तोकिएकै समयमा नाका खुलाउन सकिने निष्कर्षमा पुगेका हुन्।
अनुगमनपछि समयमै काम सक्न चिनियाँ भन्सार विभाग उपमहानिर्देशक भाइसीले सिआसिसीलाई निर्देशन दिएको प्रमुख शेर्पाले जानकारी गराए।
— कान्तिपुर
FACEBOOK COMMENTS