काठमाण्डौँ — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको अवधिमा विद्युत्को बढी माग हुने भए पनि लोडसेडिङ नहुने बताएका छन् ।
उनले तिहारको बेलामा विद्युत्को माग १ हजार २ सय ७० मेगावाट पुग्ने अनुमान रहेको उनले बताए ।
प्राधिकरणले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा घिसिङले कुनै प्राविधिक गडबढी हुँदाबाहेक अन्य अवस्थामा विद्युत् अवरुद्ध नहुने बताए ।
यो वर्ष कुलेखानीमा पानीको सतह १५ सय २६ मिटर पुगेको उनले जानकारी दिए ।
— कान्तिपुर
FACEBOOK COMMENTS