काठमाडौं, साउन ३१ । नेपाल कायाकल्प उद्योगले तिज दर कार्यक्रम र सेमिनार सम्पन्न गरेको छ । उक्त उद्योगद्धारा आयोजित एक दिने कार्यक्रममा उद्यमी महिला तथा वरिष्ठ व्यूटिसियनहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
सेमिनारमा सुर्यविनायक नगरपालिकाका मेयर जुना बस्नेतले महिला उद्यमी तथा वरिष्ठ व्यूटिसियन सुस्मा महरालाई महिला उद्यमी अवार्ड प्रदान गरिन् ।
इसका साथै व्यूटिसियन जुना चक्रधर र आइटिसी स्कुलकी शोभा आचार्यलाई पनि व्यूटिसियन सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै सुस्मा महराले सरकारले तिज कार्यक्रम रमझम र तडकभडक गरेमा कारबाही गर्ने भन्ने कुरा आइरहँदा त्यस कुरालाई मध्यनजर गर्दै सरकार प्रति आक्रोश व्यक्त गरिन् ।
‘हाम्रो देशमा चल्दै आएको चार्ड–वार्ड, चलन चल्तीमा यसरी नै रोक लगाउने हो भने भोलि आउने नयाँ पुस्तालाई के शिप सिकाउने ?’ सरकारले सक्नुहुन्छ भने विदेशी संस्कृति हलोयन पार्टि, भ्यालेनटाइन डे जस्ता विकृति फैलाउन भित्रिएका चार्डलाई रोक्न उनले आग्रह गरिन् ।
सेमिनारमा फेसियल हाउसको तर्फबाट हेयर मास्टर असिम मगरले हेयर कटिङको डेमो देखाए भने लोक दोहोरी गायक हरि डिसी तथा गायिका हरिमाया रायमाझिले तिज गित प्रस्तुत गरे ।
