काठमाण्डौँ – सहरी विकास तथा भवन निर्माण विभागले तीनवटा स्मार्ट सिटीको सूचकांक अध्ययन सुरु गरेको छ ।
विभागले निर्माण गर्न लागेको तीनवटा स्मार्ट सिटीको प्रारम्भिक अध्ययन सकिएपछि सूचकांकको अध्ययन सुरु गरेको हो ।
विभागका अनुसार आगामी कात्तिक महिनासम्ममा सूचाकांक निर्धारण गरिने भएको छ ।
सरकारले आर्थिक वर्ष ०७२र७३ को बजेटमार्फत पालुङटार, निजगढ र लुम्बिनीलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने घोषणा गरेको थियो ।
त्यही बमोजिम सहरको प्रारम्भिक अध्ययन कार्य सकिएको आयोजना निर्देशक पराग कायस्थले बताए ।
सूचकांक अध्ययन गर्न प्रत्येक सहरमा आयोजना परामशर्तदाता नियुक्त भइसकेका छन् ।
स्मार्ट सिटी बन्नका लागि आवश्यक न्यूनतम मापदण्डको सूचक नै स्मार्ट सिटी सूचकांक हो ।
त्यसैगरी सरकारले गत आर्थिक वर्षको बजेट भाषणमार्फत नयाँ थप १० वटा स्मार्ट सिटी विकास गर्ने घोषणा गरेको छ ।
– नयाँ पत्रिका
FACEBOOK COMMENTS