![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि तीन वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट २२ अर्ब रुपैयाँ संकलन भएको छ ।
उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नेपाल आयल निगमले ३ वर्षको अवधिमा यो रकम संकलन गरेको हो ।
निगमले इन्धन आयात हुने भन्सार विन्दुमा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँका दरले रकम संकलन गर्दै आएको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधारण निर्माणका लागि आर्थिक वर्ष २०७२/७३ को १६ जेठदेखि भन्सार विन्दुबाट प्रतिलिटर पाँच रुपैयाँका दरले रकम संकलन गरिँदै आएको निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।
तीन वर्षको अवधिमा बूढीगण्डकीका नाममा २१ अर्ब ९० करोड रुपैयाँ संकलन गरिएको जानकारी दिए ।
निगमले अन्य शीर्षकमा पनि उपभोक्ताबाट रकम असुल गर्दै आएको छ ।
– कारोबार
FACEBOOK COMMENTS