काठमाडौं, चैत १२- नेपाल आयल निगमले तीन सातामा साढे २५ लाख ग्यास सिलिन्डर बजारमा पठाएको छ । अघिल्लो महिना –फे्रबअरीमा २६ लाख सिलिन्डर पठाएको निगमले यो तीन सातामा २५ लाख ५० हजार ५ सय ५२ ग्यास सिलिन्डर बजारमा पठाएको हो ।
अघिल्लो महिनाको तुलना गर्दा यो महिना बजारमा ग्यास माग अधिक बढेको थियो ।
निगमका अनुसार विश्वव्यापी फैलिरहेको कोरोना भाइरस संक्रमणले उपभोक्तामा भएको त्रासका कारण एलपी ग्यासको माग बढेको हो । आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS