काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल चेम्बर अफ कमर्सको शिक्षा, संस्कृति तथा खेलकूद समिति गठन गरेको छ । उक्त समितिको सभापतिमा चेम्बरका कार्य समिति सदस्य दिपक काजी तुलाधर रहेका छन् ।
समितिको सह सभापतिमा रुपक राजवंशी तथा सदस्यहरुमा क्रमश समिर थापा, अजय बल्लभ पन्त, धिरज कार्की, सचिन्द्र प्रधानाé, दिपिका रिमाल थापा, निरज कार्की मनोनित भएका छन् ।
मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै चेम्बरमा अध्यक्ष मल्लले समितिमा शिक्षा, संस्कृति तथा खेलकुद क्षेत्रमा लामो अनुभव हाशिल गरेका महानुभावहरुको प्रतिनिधित्व भएकोले चेम्बरको सामाजिक दायित्व अन्र्तगतको शिक्षा,संस्कृति तथा खेलकूद क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्ने अपेक्षा बताए ।
FACEBOOK COMMENTS