अन्जनराज न्यौपाने
तनहुँ १६ माघ- जिल्ला स्थित ब्यास नगरपालिका-५ मानहुँबाट ब्यास-८ स्थित पुलिमराङ सम्मका लागि बिहीबार भएको तेस्रो अल्ट्रा म्याराथनमा धावक सोलुखुम्बुका सुमन खुलुङ प्रथम हुन सफल भएका छन्। यसैगरी उक्त दौड प्रतियोगितामा नेपाल आर्मीका देवराज महत दोस्रो भए भने ,नेपाल आर्मीकै तिर्थ तामाङ तेस्रो भएका छन्। ४४ किलोमिटर लामो म्याराथन दौड तनहुँकै जेठो व्यास नगरपालिकाले माघ १६ गते सहिद दिवसको दिन हरेक वर्ष जस्तै यस वर्ष पनि म्याराथन दौड शुरु गरेको ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्थले बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शहीदको सपना पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिएका छन्। शहीद दिवसको अवसरमा व्यास नगरपालिकाले आयोजना गरेको तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उद्घाटन गर्दै उनले प्रजातान्त्रिक , लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनलाई सफल बनाउन शहीदको ठूलो योगदान रहेको बताए। नेता सिंहले तनहुँमा बाहुल्यताका क्रममा मगरको गाउँ मानहुँ र गुरुङको गाउँ पुलिमराङलाई जोड्न अल्ट्रा म्याराथनले आन्तरिक एवम् बाह्य पर्यटन आगमनलाई टेवा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताउदै खेलाडी राष्ट्रका गहना भएकाले उनीहरूलाई सम्मान गर्नु सवैको दायित्व भउको उनले बताए । नेपालमा प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन र गणतन्त्र स्थापनाका लागि धेरै शहीदले रगतको खोलो बगाएको र थुप्रै ज्ञात ,अज्ञात शहिदहरुले देखाएको बाटो सबै हिड्न नसके एक दिन ईतिहासले र गोली निलेका शहीदले धिक्कार्नै बताए ।नेता सिंहले भने , “शहीदको सपना पूरा गर्नसके मात्रै उनीहरुप्रति सच्चा श्रद्धा गरेका ठहरिनेछ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः रु ८१ हजार ७६, ६१ हजार ७६ र ५१ हजार ७६ तथा सान्त्वना हुने पाँच जनालाई जनही रु १६ हजार ७६ प्रदान गरिने प्रतियोगिता संयोजक एवं व्यास नगरपालिका–९ का अध्यक्ष सुरेश थापाले जानकारी दिए । गत वर्ष नेपाली सेनाका खगेन्द्रबहादुर भाटले उक्त दूरी दुई घण्टा ५३ मिनेटमा पूरा गरी प्रथम हुन सफल भएका थिए।
FACEBOOK COMMENTS