काठमाडौं, असोज १ – नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको ग्राफ बढ्दै गएको छ। दैनिक कोरोना संक्रमितको संख्याले रेकर्ड तोड्न थालेको छ। मंगलबार १४ सय ५९, बुधबार १५ सय ३९ जनामा संक्रमण पुष्टि भएको थियो।
कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो। पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ।
दुई दिनको बढ्दो ग्राफ बिहीबार भने केही घटेको छ। पछिल्लो २४ घण्टामा बिहीबार १२ सय ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको छ। प्रवक्ता गौतमका अनुसार १६ हजार २४१कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ८ हजार ३३८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ९०३ जना रहेका छन्। मन्त्रालयका अनुसार १८२ जनाको आइसीयूमा र ३९ जनाको भेन्टिलेटर उपचार भइराखेको छ।
मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार ६४१ जनाको पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १२ सय ४३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४२ हजार ९३९ पुगेको छ।
FACEBOOK COMMENTS