काठमाडौं, कात्तिक २१ – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ८८ हजार आठ सय ८३ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार दुई हजार नाै सय नाै जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।
त्यस्तै गएकाे २४ घण्टामा चार हजार पाँच सय जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ५२ हजार नाै सय आठ पुगेको छ ।
अब नेपालमा ३४ हजार नाै सय पाँच जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै एक हजार दुई सय ५४ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS