काठमाडौं- न्युरोड स्थित थ्रिकम केयरले माघभित्र १५ जना युवालाई नि:शुल्क तालिम प्रदानको घोषणा गरेको छ । बिगत ७ वर्षदेखी मोबाइल, ल्यापटप रिपेयरिङका साथै मोबाइल, ल्यापटपका पाटपुर्जा विक्रि, वितरण गर्दै आएको यस कम्पनिले युवा लक्षित आकर्षक प्याकेजको घोषणा गरेको हो । बढ्दो युवा पलायन रोक्नका लागी नेपाल सरकारले नै विशेष पहल गर्न ढिलाई भईरहेको महशुस गरेको कम्पनीले जनाएको छ ।
मोबाइल, ल्यापटप, हार्ड डिस्क रिपेयरिङका क्षेत्रमा कृयाशिल यस कम्पनीले १५ जना युवालाई नि:शुल्क तालिम प्रदान गर्नुका साथै रोजगारीको ग्यारेन्टी लिने पनि बताएको छ । कम्पनिबाट तालिम लिएका युवाहरुलाई थ्रिकममै रोजगारी दिलाउने कम्पनी संचालक बिपिन जयसवालले बताएका छन्।
FACEBOOK COMMENTS