![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ —नेपाल बंगलादेश बैंक लिमिटेडले थप दुई शाखा विस्तार गरेको छ ।
बैंकले तनहुँको दमौली र अर्घाखाँचीको सन्धिखर्कमा शाखा विस्तार गरेको हो ।
थप दुई नयाँ शाखा विस्तारसँगै बैंकको शाखा संख्या ७६ पुगेको छ ।
विस्तार गरिएका नयाँ शाखाहरूबाट बैंकले प्रदान गर्दै आएको निक्षेप संकलन, कर्जा प्रदानलगायत सबैखाले आधुनिक बैंकिङ सुविधा प्रदान हुने बैंकले जनाएको छ ।
बैंकले राष्ट्र बैंकको निर्देशन पालना गर्दै दुर्गम क्षेत्रका जनतामा सहज बैंकिङ पहुँचका लागि आगामी दिनमा पनि शाखा विस्तार गर्दै जाने बताएको छ ।
FACEBOOK COMMENTS