काठमाडौं, मंसिर २४ – ११.११ सफलतापछि दराजले यस वर्षको अन्तिम सेल १२.१२ को घोषणा गरेको छ। कम्पनीको उक्त अभियान २७ मंसिर मध्यरात देखि ३ पुष (१२ देखि १८ डिसेम्बर) सम्म चल्नेछ ।
१२.१२ मा दराज उपभोक्ताहरुले विशेष छूटका साथ भौचर र बैंक कार्डमार्फत थप छूटको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ । यो अभियानका लागि सानिमा बैंक, माछापुच्छ्रे बैंक र सिटिजन बैंकका क्रेडिट तथा डेबिट कार्ड भएकाहरूले कार्ड प्रिपेमेन्टमा १२ प्रतिशत (अधिकतम १२१२ रुपैयाँ सम्मको छुट पाउनेछन् ।
यसबाहेक उपभोक्ताहरुले ‘मेगा गिभअवे’ को रूपमा ६९,९९९ मूल्यको नयाँ सामसङ ग्यालेक्सी एस २० एफई जित्ने मौका समेत प्राप्त गर्नेछन् । सेलको उत्साहलाई निरन्तरता दिन उपभोक्ताका लागि वान रुपी गेम समेत आयोजना हुनेछ ।
जहाँ ग्राहकका लागि नयाँ मोटोरोला ईप्लस लगायतका अन्य उत्पादनहरु केवल १ रुपैयाँमा जित्ने मौका हुनेछ । त्यस्तै, १२.१२ मा मोटोरोला ई सेभेन प्लस र मोटोरोला जी प्ले दराजमार्फत सार्वजनिक हुनेछ ।
यी फोनहरुमा इच्छुक खरीकर्ताले कार्ड मार्फत १२ प्रतिशतको अतिरिक्त छूटका साथ निःशुल्क होम डेलिभरीको फाइदा उठाउन सक्ने बताइएको छ । १२.१२ मा दराजले नेपालमै बनेका सामानहरूलाई विशेष प्राथमिकता दिँदै उत्तम मूल्यमा खरिद गर्न सकिने मौका समेत दिनेछ ।
ग्राहकहरूले सलाना, भिर जिन्स र जे फिशर जस्ता अन्य थुप्रै नेपाली ब्रान्ड र उत्पादनहरूमा राम्रो अफरहरू फेला पार्न सक्नेछन् । यससँगै दराजले स्थानीय साना र मध्यम आकारका उद्यम (एसएमई) हरूलाई बढावा दिन र उनीहरूलाई ११.११ माजस्तै देशभरका लाखौं ग्राहकहरूसँग जोड्ने बताएको छ ।
अभियानका लागि उत्साहित दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङले ११.११ को लागि मात्र नभई विशेष गरी साना आकारका उद्यमहरू र स्थानीय बिक्रेताहरुका लागि एकदमै सफल अभियान रहेको बताए ।
‘यस प्रकारका सेल अभियानले स्थानीय बिक्रेता र एसएमईलाई बढावा दिन राम्रो प्लेटफर्मको रूपमा काम गर्दछ,’ उनले भने, ‘ग्राहकहरूलाई पनि यसले सुरक्षित र उत्तम शपिङ अनुभव प्रदान गर्दछ । हामी १२.१२ मार्फत २०२० लाई सकारात्मक ढंगले टुंग्याउने आशा गर्दछौं।’
कोभिड महामारीलाई ध्यानमा राख्दै कम्पनीले ग्राहक र स्टाफको सुरक्षा सुनिश्चित गर्नका लागि उत्तम स्वच्छता अभ्यासहरूको समेत अनुसरण गरिरहेको छ । दराजले आफ्ना ग्राहकहरूलाई उत्तम शपिङ अनुभव सुनिश्चित गर्न कुनै पनि सामान खरीद गर्नुअघि बिक्रेताको रेटिङ र उत्पादन सम्बन्धि ग्राहक समीक्षाहरु (कमेन्ट) हेर्न आग्रह गरेको छ ।
यस बाहेक ग्राहकहरूले दराज सहायता केन्द्र (हेल्प सेन्टर) मार्फत ग्राहक सेवामार्फत आफूलाई चाहिएका सबै जानकारी प्राप्त गर्न सक्ने जनाइएको छ ।
FACEBOOK COMMENTS