कहिले र कति परिमाणमा छपाउने भन्ने टुंगो लागिनसकेको मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मी प्रपन्न निरौलाले बताए ।
‘आन्तरिक गृहकार्य त हुने भइहाल्यो, अरु धेरै सोचिसकेका छैनौं’ राष्ट्र बैंकका प्रवक्ता समेत रहेका निरौलाले भने, ‘यस विषयमा हामी १०, १५ दिनभित्र निर्णय गरिसक्छौं, वितरण गर्ने प्रक्रिया पुरानै हुन्छ ।’
उनले नयाँ नोटसँगै यस वर्ष ‘सुकिला नोट’समेत वितरण गर्ने योजना गरेको सुनाए । पुरानो प्रक्रियाअनुसार नयाँ नोट वितरण गर्ने र त्यसले अपुग भएमा पुराना तर सुकिला नोट दिएर पठाउने उनको भनाइ छ ।
गत वर्ष राष्ट्र बैंकले दशैंका लागि मात्रै ६२ करोड रुपैयाँभन्दा बढी खर्च गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट छपाइ गरेको थियो । दशैंका लागि गत वर्ष राष्ट्र बैंकले प्रतिव्यक्ति १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँका १/१ बण्डल र ५ रुपैयाँको २ वण्डलसम्म वितरण गरेको थियो ।

अन्य चाडपर्वमा पनि सटही गरिने


नयाँ नोट सटहीमा समेत राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ । यसअघि दशैंका बेला ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले अन्य जातजाति तथा भाषाभाषीहरूले मनाउने पर्वमासमेत नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको हो ।
राष्ट्र बैंकले नव वर्ष, उभौली पर्व/वुद्धजयन्ती, गाईजात्रा, गौरा पर्व, हरितालिका तीज, संविधान दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ पर्व, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, उधौली पर्वरयोमरी पुन्ही-ज्यापु दिवस, क्रिसमस, ल्होसार, माघी पर्व, महाशिवरात्री, फागु पूर्णिमा, घोडेजात्रा, ईद आदि राष्ट्रिय चाड-पर्व तथा राष्ट्रिय दिवसहरूमा नयाँ नोट साट्न सकिने व्यवस्था सुरु गरिसकेको छ ।
नयाँ नोट काठमाडौंको थापाथलीस्थित राष्ट्र बैंक कार्यालयका साथै उपत्यका बाहिरका राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयहरूबाट समेतसटही गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसैबीच, नयाँ नोटमा केरमेट वा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले अनुरोध गरेको हो ।
गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन को दफा २६३ मा नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानी-नोक्सानी पुर्याए ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
FACEBOOK COMMENTS