काठमाडौं – दशैं मनाउनका लागि काठमाडौंबाट १० लाख जना बाहिरिएका छन् ।
बुधबार अर्थात घटस्थापनाको दिनसम्म काठमाडौं बाट दशैंका लागि बाहिरिनेको संख्या करिव १० लाख पुगेको यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
उनका अनुसार नेपालका विभिन्न क्षेत्रमा दशैं तिहार तथा छठ पर्व मनाउनका लागि जम्मा १५ देखि २० लाख जना काठमाडौं बाहिर जाने गरेका छन् ।
सो मध्ये आजसम्म करिव १० लाख जना दशैं मनाउनका लागि आफ्नो घर गई सकेका छन । उनका अनुसार अवको ६ देखि ७ दिनमा काठमाडौंबाट बाहिरिनेको संख्या २० लाख पुग्नेछ ।
यसरी काठमाडौं बाट बाहिरिने यात्रुहरुको सहजताका लागि भनेर यातायात व्यबस्था विभागले आजैदेखि सार्वजनिक सवारीसाधनलाई नेपाल भरका लागि रुट परमिट पनि खुलाएको छ ।
विभागले काठमाडौंबाट बाहिरिने तथा नेपालभरका अन्य स्थानबाट आ–आफ्नो घर जाने यात्रुहरुलाई टिकट पाईएन भन्ने समस्याबाट मुक्त गराउन आजदेखि असोज ३१ गतेसम्मका लागि रुट इजाजत खुला गरेको हो ।
FACEBOOK COMMENTS