![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं– दशैका लागि बसको अग्रिम टिकट असोज ५ गते देखि खुल्ने भएको छ ।
यातयात व्यवस्था विभागमा आइतबार भएको छलफलमा यातयात व्यवसायी अग्रिम टिकट खोल्न सहमत भएका हुन्। छलफलमा व्यवसायीले भाडा समायोजन र समितिको बैंक खाता खोल्नुपर्ने शर्त राखेका थिए।
तर विभागले बैक खाता खोल्न सम्वन्धित निकायलार्इ तत्कालै पत्र पठाएर सहजीकरण गर्ने र भाडा समायोजन चाडपर्व सकिने वित्तिकै कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएपछि व्यवसायीले टिकट खोल्न सहमत भएका हुन्।
यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले असोज ४ गतेभित्र काउन्टर राख्ने र अनुगमनको मोडालिटी तयार पार्ने बताए।
दशैंमा उपत्यकाका ७० प्रतिशत मानिसहरु बाहिरिने गरेका छन् । फुलपातीदेखि अष्टमीसम्म दैनिक तीन हजारका दरले यात्रुबाहक बस काठमाडौं बाहिरिने गरेका छन्।
FACEBOOK COMMENTS