काठमाडौं, १६ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।उनले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् ।
मुख्यमन्त्री गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री गुरुङ निकट स्रोतका अनुसार नवनियुक्त मन्त्री गुरुङको बिहीबारै सपथ राखिएको छ ।
सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थपेका हुन् ।संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार मतदानको कार्यक्रममा मनाङे अनुपस्थित भएका थिए ।
FACEBOOK COMMENTS