![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – सरकारले दुईथरी ‘ब्यालेन्स सिट’ बनाएर कारोबार गर्दै आएका करदातामाथि कारबाही गर्ने भएको छ ।
केही व्यापारीले राजस्व थोरै तिर्ने उद्देश्यले वास्तविक ब्यालेन्स सिट लुकाएर कम कारोबार भएको ब्यालेन्स सिट देखाउने गरेको पाइएपछि सरकारले कारबाही प्रक्रिया अघि बढाउन लागेको हो ।
यसका लागि अर्थ मन्त्रालयले शंकास्पद व्यक्तिको नामसहित राजस्व अनुसन्धान विभागलाई आवश्यक छानबिन तथा कारबाही प्रक्रियाका लागि पत्राचार गरिरहेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले लेखापरीक्षकहरूलाई सरकारलाई नोक्सान गर्नेगरी लेखापरीक्षण नगर्नसमेत निर्देशन दिइसकेका छन् ।
– राजधानी दैनिक
FACEBOOK COMMENTS