काठमाडौं, चैत १२ – बिहिबार कृषि तथा पशुपन्छी विकाश मन्त्रालयले आयोजन गरेको ‘पशुपन्छीजन्य उत्पादनमा मुलुक (निश्चित उत्पादन क्षेत्रमा) आत्मनिर्भर घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दुध ढुवानी लोगो सार्वजानिक गरेका छन् ।
गत चैत २ मा, दुग्घ विकास बोर्ड नेपालले दूग्धजन्य पदार्थ ढुवानीमा सहजता ल्याउनको लागि दुध ढुवानी गर्ने साधनमा लोगो तथा स्टिकर प्रयोग गर्ने योजना अघि सारेको थियो । ढुवानी गर्ने गाडीले अब एम्बुलेन्स सरह गुड्न पाउने हक दाबी दुग्घ विकास बोर्डको थियो । नेपालमा दूग्धजन्य पदार्थ ढुवानी सहज बनाउन छुट्टै लोगो प्रयोग गरिने भएको छ ।
बन्द हडताल तथा कोरोनाजस्तै, प्राकृतिक संकटलगायतका समयमा दुध ढुवानीमा समस्या देखिने गरेकोले लोगो प्रयोगमा ल्याउन लागेको हो । लोगो सार्वजनिक भएसँगै नेपाल लोगो प्रयोग गरेर दुध ढुवानी गर्ने पहिलो देश बन्ने छ ।
FACEBOOK COMMENTS