काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर माधव पक्षले फिर्ता नलिए पार्टी एकता नहुने प्रष्ट पारेका छन् ।केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन एमालेका सांसदले हस्ताक्षर गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने बताए ।
ओलीले भने, ‘यदि सोमवार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट छैन । यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु भनेको पार्टी फुटको घोषणा हो ।’
FACEBOOK COMMENTS