काठमाडौं, माघ १७ – अहिले काठमडौं उपत्यकासहित मध्य र पूर्वको पहाडी क्षेत्रमा बादल लागेको छ भने मध्य र पूर्वी तराईमा हुस्सु तथा कुहिरो लागेको छ ।
अहिले नेपालको पुर्वी भू-भाग नजिक निम्न चापीय प्रणाली सक्रिय रहेको छ । हाल देशको मध्य तथा पुर्वी पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रही मध्य तथा पुर्वी तराई भू-भागमा हुस्सुरकुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी भू-भागको थोरै स्थानहरुमा हुस्सुरकुहिरो लागिरहेको महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो मध्य तथा पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखी सामान्य बादल लाग्ने र केही ठाउँमा पानीसमेत पर्ने विभागले जनाएको छ । राति पनि पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम सफा रहने विभागले जनाएको छ ।
यस्तो रहन्छ आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १७ गते (शुक्रबार)
दिउँसोः देशको पूर्वी भू-भाग लगायत मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी तथा मध्य पहाडी भू-भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडी भू-भागमा आंसिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १८ गते (शनिबार)
दिउँसोः देशभर आशिंक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
रातीः उच्च पहाडी तथा हिमाली भू-भागमा आंसिक देखि सामान्य बदली रहि हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १९ गते (आइतबार)
दिउँसोः पुर्वी तथा मध्य पहाडी भू-भागमा आंसिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।
FACEBOOK COMMENTS