काठमाडौं, बैशाख २२ – अहिले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भई पानी परिरहेको छ । आज धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ। हाल देशभर सामान्य देखि पुर्ण बदली रही पश्चिमी भू-भागका केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षा भइरहेको छ।
यो हप्ताभरिकै मौसम यस्तै रहने सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाको अनुमान छ ।
यस्तो रहन्छ आगामी तीन दिनको मौसम
बैशाख २२ गते (सोमबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी र मध्य भू-भागका थोरै स्थानहरुमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख २३ गते (मंगलबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ।देशको पश्चिमी भू-भागका धरै स्थानहरूमा साथै मध्य तथा पुर्वका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिनासहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख २४ गते (बुधबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ।देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै पुर्वी र मध्य तराईका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तराईका भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।
FACEBOOK COMMENTS