काठमाडौं, चैत ११ – सरकारले कोभिड–१९ को संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै मंगलबार बिहान ६ बजेबाट देश नै लकडाउन गरेको छ । सरकारले अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्कन नपाउने गरी ’लकडाउन’ गरेको हो । सरकारले लागु गरेको लकडाउन मंगलबार बिहानबाट चैत १८ गतेसम्म लागू हुनेछ ।
नेपालमा कर्फ्यु विभिन्न समयमा लगाउँदै आएको भएता पनि ’लकडाउन’ नेपालको लागि भने नौलो अभ्यास हो । धेरै सर्वसाधरण जनताले ‘लकडाउन’ भनेको कर्फ्यु हो भन्ने बुझेको पाइन्छ तर त्यसो होइन् । देशका सुरक्षामा चुनौती देखिए कर्फ्यु लगाइन्छ र नागरिकलाई घरबाहिर निस्कन दिइदैंन। तर सुरक्षा बाहेकका अरु कारणले मानिसको ओहोरदोहोरमा रोक लगाउनु परे ‘लकडाउन’ गरिन्छ । ‘लकडाउन’ कर्फ्यु जस्तो कडा हुदैंन् । लकडाउन भनेको अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवालाई यथास्थितिमा राख्ने र व्यक्तिहरू घरबाहिर ननिस्कने खालको एउटा वातावरण बनाउनु हो ।
लकडाउन सङ्क्रामक रोग ऐन (२०२०) अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ भने कर्फ्यु स्थानीय प्रशासन ऐन अनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले लगाउन सक्छ ।
लकडाउनको अवस्थामा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइने गरिन्छ । त्यसै गरी स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युन्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाहरु खुला रहने छन् ।
नेपाल सरकारले जनताको स्वास्थ्यका लागि गरेको निर्णयको सबैले मिलेर सामना गर्नुपर्छ । आम जनताको स्वास्थ्यको लागि सरकारले ठूलो पहल र प्रयास गर्दा गर्दै पनि हामीहरु अनविज्ञ बन्नु हुँदैन् । यसका लागि हामी जो जहाँ छौं त्यही ठाँउमा बसेर सरकारबो कदमलाई सहयोग गर्नुपर्दछ ।
यदि हामीले सरकारको निर्णयको उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० अनुसार ६ महिनासम्म कैद हुन सक्छ । ऐनअनुसारको आदेशको अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद र सय रुपैयाँसम्म जरिवाना तथा ऐनअनुसारका अधिकृत व्यक्तिहरूलाई बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद र ६ सयसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।
लकडाउनका बेला के के गर्न पाइँदैन ?
–औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर निस्कन पाउँदैनन् ।
–अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेक सबै सार्वजनिक या निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लाग्नेछ ।
–सुरक्षा निकायबाट प्रयोग हुने वायुयान तथा तोकिएका अन्य उडानबाहेक अन्य सबैै आन्तरिक व्यावसायिक उडान बन्द हुनेछन् ।
–स्वास्थ्य सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवावाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने ।
–औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रमा सञ्चालित उद्योग कलकारखानामा काम गर्ने श्रमिक कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने ।
–व्यवसायीले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने। अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालोबजारी गर्ने, लुकाउनेलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गर्ने गरी रोगको रोकथाम र उपचारको काममा उपयोग गर्ने ।
FACEBOOK COMMENTS