काठमाण्डौँ — एक वर्षमा वैदेशिक रोजगारीमा डेढ अर्बभन्दा बढीको ठगी भएको छ।
यसरी ठगिएकामध्ये २० करोड रुपैयाँ मात्रै असुली भएको छ।
वैदेशिक रोजगार विभागका अनुसार गत अर्थिक वर्ष २०७४/७५ मा एक अर्ब ५२ करोड २० लाख ७१ हजार २५५ रुपैयाँ ठगी भएको छ।
तर ठगी भएकामध्ये असुली दर निकै कम छ।
विभागका अनुसार उक्त अवधिमा २० करोड १९ लाख ९४ हजार ८७१ रुपैयाँ मात्रै असुली भएको हो ।
विभागका निर्देशक उद्धवप्रसाद रिजालका अनुसार कागजात नहुँदा पीडितले दाबी गरेअनुसार रकमअसुली गर्न समस्या भएको छ।
पीडित पक्ष र पीडकसँग छलफल र सहमतिपछि पीडकबाट रकम भराउने गरिएको उनले बताए।
वैदेशिक रोजगारीमा जानेमध्ये दैनिक ६ जना ठगिने गरेका छन्।
— अन्नपूर्ण
FACEBOOK COMMENTS